Recent Updates
Showing posts with label Panchthar. Show all posts
Showing posts with label Panchthar. Show all posts

पाँचथर जिल्ला

Panchthar Districtपाँचथर जिल्ला  मेची अञ्चलको पूर्वी पहाडी जिल्ला हो। यो जिल्ला समूद्र सतहबाट ३८३ मिटर, जिल्लाको दक्षिण तमोर बगर देखि ४,५७५ मिटर फलैचा गाविसको उच्च भागसम्म अवस्थित छ। नेपाल अधिराज्यको पूर्वी सिमानामा रहेको मेची अञ्चलमा पर्ने यो जिल्ला उत्तर(दक्षिण फैलिई पल्लो किराँतको नामले पनि प्रसिद्ध छ। प्राचिन समयको लिम्बुवान क्षेत्रको केन्द्रबिन्दुको रूपमा रहेको यस जिल्लाको सदरमुकाम फिदिममा दश लिम्बुवान क्षेत्रका राजाहरू ९फेदेन०ले संयुक्त रूपमा सभा गरी सामुहिक रूपले महत्वपूर्ण विषयहरू यहाँ स्थित आम्बे पोजोमा भन्ने तिर्थस्थलमा जम्मा भई सभा चुम्लुङ्ग द्वारा निर्णय गर्ने परम्परा भएको देखिन्छ ।

यस जिल्लाको नामाकरण कसरी भयो भन्ने स्पष्ट कुनै तार्किक आधार नदेखिए पनि सोधकर्ताहरूका अनुसार पाँचथर शब्द ूपान्थरथुमुू बाट आएको हो र सो ूपान्थरथुमू शब्द ूपान्थरुू र ूथुमू मिलेर बनेको शब्द हो। पान्थरुको अर्थ कुरा थामेको ९ब्नचभभम०, थुमको अर्थ इलाका वा किल्ला ९म्ष्कतचष्अत० हो। यसै शब्दार्थका आधारमा नेपाल एकीकरण पश्चात यहाँका चलिआएका धर्म, संस्कृति र रीतिरिवाजका बारेमा ुफेदेनुमा ुचुम्लुङ्गुबसी सभाले तय गरेका निर्णय नेपाल सरकारमा पेश हुँदा तत्कालिन राजाले त्यसलाई स्वीकृती दिएपछि लिम्बुवान क्षेत्रको रितिरिवाज सम्बन्धि कुरामिलेको ९पान्थरु० हुँदा यस क्षेत्रकै नाम पान्थरु रहेको हो भन्ने मत पाइएता पनि किराँत इतिहासका पुराना साहित्यहरूमा इस्वी सम्वत ५५० ताकाको बर्णन
गर्ने क्रममा नै पान्थर शब्दको प्रयोग भएको पाइन्छ।

पूर्वमा भारतको सिक्किम र दार्जिलिङ्ग , पश्चिममा तेह्रथुम र धनकुटा जिल्ला, उतरमा ताप्लेजुङ जिल्ला र दक्षिणमा इलाम र मोरङ जिल्ला सम्म फैलिएको यस जिल्लाको कुल क्षेत्रफल १,२४१ वर्ग किलोमिटर रहेको छ भने यो जिल्लाको सदरमुकाम फिदिम हो ।

काबेली, तिम्बुपोखरी, महादेव स्थान, जोरपोखरी, आगेजुङ्ग गुम्बा, पाथीभरा देवीस्थान याङनाम, सिद्ध देवीस्थान, गढी मन्दिर, थाक्ले मन्दिर, किराँतहरूको प्रसिद्ध लुब्रेकुटी मन्दिर, महागुरु फाल्गुनन्दको मन्दिर आदि यहाँका प्रमुख धार्मिक महत्वका स्थानहरु हुन् ।

1 comments
 
Contact : info@rameskhadka.com.np
Copyright © 2015. EVERYTHING ABOUT PURWANCHAL || Eastern Development Region Nepal - All Rights Reserved
Website Designed By Ramesh Khadka
=========================================================================================================================================